Section 7
स्थायी बसोबास गरेको मानिने
(१) दफा ६ को खण्ड (ग) को प्रयोजनको लागि कुनै गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा बसोबास गर्दै आएको व्यक्तिलाई स्थायी रुपमा बसोबास गरेको मानिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थाको बसोबासलाई समेत स्थायी रुपमा बसोबास गरेको मानिनेछः–
(क) कुनै निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति जनप्रतिनिधि निर्वाचित भई आफ्नो पदावधिको समयमा त्यस्तो निर्वाचन क्षेत्रमा अनुपस्थित रहेको अवस्था,
(ख) कुनै व्यक्ति व्यापार, व्यवसाय, रोजगार, अध्ययन, अध्यापन, सरकारी वा गैरसरकारी सेवा, औषधि उपचार वा अन्य कुनै काम विशेष वा कारणले वा कानून बमोजिम थुना वा कैदमा रहेको कारणले आफ्नो नाम दर्ता भएको निर्वाचन क्षेत्रको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा अनुपस्थित रहेको अवस्था ।